
३० चैत, रोल्पा । नेपाली कांग्रेसले रोल्पामा १० मध्ये ५ पालिकाको नेतृत्व आफूले पाउनुपर्ने दाबी गरेको छ । जिल्लामा आफ्नो अवस्था विगतको भन्दा बलियो भएको भन्दै कांग्रेसले गठबन्धन गर्ने भए सम्मानजनक हुनुपर्ने बताएका हुन् ।
कांग्रेसले ५ पालिकाको प्रमुख, ५ पालिकाको उपप्रमुख, ३६ वटा वडामा वडाध्यक्षसहित एक सदस्य र ३६ वटा वडामा ३ सदस्य पाए मात्र गठबन्धन गर्ने बताएको छ ।
रोल्पामा १० पालिका छन्, जसमध्ये ७ वटा माओवादी, दुई वटा एमाले र एउटा कांग्रेसले जितेको छ । तर २÷३ वटा गाँउपालिकामा झिनो मतले पराजित भएको र पार्टीको अवस्था सुधार भएको जिल्ला सभापति किशोर कुमार आचार्यले बताउँछन् । ‘रोल्पामा पार्टी बलियो भएको छ । सबै वडामा कांग्रेसका साथीहरु पुगेर रिपोर्ट पनि गरेका छन्, उनले भने, ‘तालमेल गर्ने हो भने सम्मानजनक हुनुपर्दछ । सम्मानजनक हैसियत नपाए तालमेल हुँदैन ।’
जिल्ला समितिको निर्णय अनुसार तालमेल नभए कांग्रेसले एकल उम्मेदवारी दिने उनले बताए । ‘हामी त रोल्पामा तालमेल गर्नै पक्षमै थिएनौं । तालमेल गर्नै नै हो भने हामी अवस्थाको सही मुल्यांकन हुनुपर्दछ,’ आचार्यले भने,‘पाँच पालिकामा कांग्रेसले प्रमुखमा उम्मेदवारी दिन नपाए तालमेल हुँदैन । कांग्रेस सिंगल लड्छ ।’
स्थानीय निर्वाचन २०७४ मा रोल्पाको एक मात्रै नगरपालिकामा माओवादी विजयी भएको थियो । माओवादी केन्द्रले रोल्पा नगरपालिका सहित थवाङ, दुईखोली, माडी, सुकिदह, सुनछहरी र सुवर्णावर्ती गाउँपालिका जितेको थियो ।
एमालेले त्रिवेणी र रुन्टीगढी गाउँपालिका जित्दा कांग्रेसले लुङ्ग्रीमा जित निकालेको थियो । रोल्पा नगरपालिका सहित ६ पालिकामा कांग्रेस दोस्रो स्थानको मत ल्याएर पराजित भएको थियो । कांग्रेसले दोस्रो स्थानको मत ल्याएका पालिकाहरुमा थवाङ, दुईखोली, माडी, रुन्टीगढी, सुनछहरी र सुवर्णवती हुन् ।
हेर्नुस् विज्ञप्ति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4