+
+

नेपालगञ्जको मेयरका लागि कांग्रेसमा १४ जना आकांक्षी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १३:३२

३० चैत,काठमाडौं । नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवारका लागि नेपाली कांग्रेसबाट १४ जनाको नाम सिफारिस भएको छ । कांग्रेसको उपमहानगरपालिका समितिले आकांक्षी धेरै भएपछि सबै १४ जनाको नाम प्रदेश निर्वाचन क्षेत्रस्तरीय समितिलाई सिफारिस गरेको हो ।

मेयरको उम्मेदवारका लगि रमेशकुमार गुप्ता, प्रशान्त विष्ट, उमा थापा मगर, सुनील राणा, निरञ्जन सिंह सिजापति, डा. सुरेशकुमार कनोडिया, माया पुनको नाम सिफारिस भएका छन् । त्यस्तै अजितकुमार शर्मा, रवीन्द्रमान श्रेष्ठ, वीरेन्द्रबहादुर शाह,अच्युतप्रसाद प्रसाईं, ललित रौनियार, मो. कादिर जोलाहा र दिवाकर खनालको नाम पनि मेयरको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

सिफारिस भएका १४ मध्ये उमा थापामगर हालकी उपमेयर हुन् भने कनोडिया मेयरमा पराजित कांग्रेस उम्मेदवार हुन् ।

कांग्रेसको उपमहानगरपालिका समितिका सभापति प्रशान्त विष्टले उपमेयर पदमा ११ जनाको नाम सिफारिस गरेका छन् । रेणु सिंह ठाकुर, दीक्षा कोइराला, रत्न राणा, शिवकुमार वर्मा,  पूर्ण सिंह ठकुरी, मिना कुमारी बोहरा, नारायण रुपाखेती, मो. कमाल अन्सारी,गोकर्ण शाही, बन्दना सिंह र अतुल कुमार गुप्ताको नाम उपमेयरको उम्मेदवारका लागि सिफारिस भएका छन् ।

हेर्नुहोस् नगर कार्यसमितिको सिफारिस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?