+
+

यामाहा एमटी–१५ बीएस६को डेलिभरी छिट्टै

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १५:०७

यामाहा नेपालले यामाहा एमटी-१५ बीएस६ मोटरसाइकल डेलिभरी तीव्र बनाउने तयरी गरेको छ । तर ‘प्रतीक्षाको फल मिठो हुन्छ’ भने जस्तै एमटी–१५ बीएस६ प्रि– रिजर्भेसन गरेर लामो समयसम्म प्रतीक्षामा रहेका ग्राहकका लागि यामाहा नेपालले खुसीको खबर ल्याएको बताएको छ ।

एमटी–१५ बीएस६ उत्पादन कार्य अन्तिम चरणमा आइपुगिसकेको र अबको केही दिनमै एमटी–१५ बीएस६ का साथ नेपाली राइडरहरुले पनि नेपालका सडकमा सबैको ध्यान आकर्षित गर्ने नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले बताएको छ ।

सो नेकेड स्ट्रीट फाइटरमा भएका विभिन्न विशेषताका कारण अन्य मोटरसाइकल भन्दा फरक भएको र धेरै राइडरले यसको प्रतीक्षा गरिरहेको कम्पनीको भनाइ छ । एमटी–१५ बीएस६ को डेलिभरीका लागि व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेको डार्क वारियरप्रति यामाहा नेपालले धन्यवाद समेत व्यक्त गरेको छ ।

टर्क र छरितोपन, परिष्कृत कन्ट्रोल पोस्चर्स र सिंगल–च्यानल एबीएसका लागि परिचित, सबैभन्दा गतिशील लाइटवेटहरू मध्ये एक उक्त प्योर ग्रिड हाइपर नेकेड, एमटी स्टेबलबाट अतिरिक्त समय र कडा परिश्रमसहित विशेष सामग्रीहरूको प्रयोगपछि तयार गरिएको बाइक हो, एमटी–१५ बीएस६ ।

एमटीको उत्पादनमा लाग्ने सामग्रीहरू यामाहाले विशेष रूपमा छनौट र निर्माण गर्ने गरेको बताउछ । नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले गत वर्ष अर्थात २०२१ सेप्टेम्बर २४ मा भृकुटीमण्डपमा सम्पन्न् यामाहा महा एक्सचेन्ज मेलामा लन्च गरेको थियो । सो समयमा उक्त बाइकका लागि देखिएको क्रेज विरलै देख्न पाइने दृश्य थियो । नेपाली बाइक इतिहासमा सायद एमटी–१५ बीएस६ को २ सय युनिट एकै पटक बिक्री र डेलिभर हुने पहिलो बाइक भएको कम्पनीको भनाइ छ । उक्त लन्चपश्चात एमटी–१५ बीएस६ का लागि माग निरन्तर बढ्दो रहेको छ ।

सो १५५ सीसीको मोटरसाइकल उत्पादन गर्न केही कठिनाई भएकाले नेपाली बजारमा समेत यो मोटरसाइकल माग अनुसार उपलब्ध हुन सकेन । यामाहाले आफ्नो उत्पादनका लागि कुनै सम्झौता नगर्ने भएकाले अब्बल सामग्री प्रयोग गर्ने गर्छ । यही कुरालाई मनन गरी ग्राहकलाई समेत प्रतीक्षा गराए तापनि हाल यो मोडल निर्माण गर्न आवश्यक पर्ने प्रमुख इलेक्ट्रोनिक चिप्सको अभाव हटेको छ । इलेक्ट्रोनिक चिप्सको अभाव भारतीय बजारमा मात्र नभएर यो विश्वव्यापी परिदृश्य थियो । यामाहालाई ठूलो मात्रामा चिप्सहरू चाहिएको कारणले चिप्स उत्पादकहरू यति चाँडै यामाहाको माग पूरा गर्न सक्ने स्थितिमा थिएनन् ।

तर यस्ता अवरोधहरू पार गर्दै अन्ततः यामाहाले एमटी–१५ बीएस६ को निर्माण कार्य लगभग सम्पन्न गरिसकेको छ । र अबको केही दिनमै नेपालभर रहेका यामाहाका वितरकहरूमा बाइक उपलब्ध हुने एमएडब्लु इन्टरप्राइजेजले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?