+
+

काठमाडौंको मेयरमा एकीकृत समाजवादीको पनि दाबी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १७:१७

३० चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले काठमाडौं र पोखरा महानगरपालिकामध्ये एक आफूले पाउनुपर्ने दाबी गरेको छ ।

सत्तारुढ पाँच दलले चुनावी तालमेलको ७ आधार तय गरेका छन् र महानगर र उपमहानगरपालिकाको तालमेलबारे केन्द्रीय संयन्त्रबाटै निर्णय गर्ने बताएका छन् ।

समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ भने पोखरा वा काठमाडौं मध्ये एउटा महानगरमा आफूहरुको दाबी रहेको बताए । ‘काठमाडौंमा हाम्रो शक्ति राम्रो छ, महानगर पाए पनि हामी जित्छौं’ उनले अनलाइनखबरसँग भने, ‘हाम्रो दाबी काठमाडौंमा महानगरको मेयरमै हो ।’

काठमाडौं नभए पोखरा दिनुपर्ने एकीकृत समाजवादीको दाबी छ । श्रेष्ठ भन्छन्, ‘अन्यत्र दावी गरेका छैनौं, शक्ति भएको काठमाडौं र पोखरा दावी गरेका छौं । जहाँ पाए पनि जित्छौं ।’

गठबन्धनको अर्को दल माओवादी केन्द्रले भने काठमाडौंको मेयरमा दाबी गरेको छैन । उसले उपमेयरमा भने दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?