+
+

नवीन र प्रिन्स फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते २१:०१

३० चैत, काठमाडौं । नेपाल आर्मीका नवीन श्रेष्ठ र रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नवीनले एपीएफका दीपेश धामीलाई २१–१९, १२–२१ र २१–१९ को सेटमा पराजित गरे । प्रिन्सले आर्मीका प्रफुल महर्जनलाई १९–२१, २१–१७ र २१–१६ को सेटमा हराए ।

हरिलाल धर्मदेवी स्मृति प्रतिष्ठान र अपी स्पोर्ट्स म्यानेजमेन्ट प्रा.लि. द्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला सिंगल्समा आर्मीकी अनुमाया राईले आर्मीकै प्रार्थना देउवालाई १६–२१, २१–१८ र २१–१५ तथा आर्मीकी रशिला महर्जनले एपीएफकी जेशिका गुरुङलाई २१–१४ र २१–११ को सेटमा पाखा लगाउदै फाइनलमा स्थान सुरक्षित गरे ।

यु–१५ पुरुष सिंगल्समा सिल्क ग्रुपका कविर केसीले स्पोर्ट्स हबका सुनिल कार्कीलाई २१–१३ र २३–२१ तथा एनआरएनका साहिल चन्दले उदयपुरका रुमुहाङ राईलाई २१–१५ र २१–१९ को सोझो सेटमा हराउदै फाइनल भिडन्त पक्का गरे ।

पुरुष डबल्समा रिभाइभका प्रिन्स र आर्मीका नवीनको जोडीले एपीएफका दीपेश धामी र विजित थापा मगरको जोडीलाई २२–२०, २३–२५ र २१–१४ तथा आर्मीका पविन लिङथेब र सुरोज महर्जनको जोडीले कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडीलाई २१–१५, २१–२३ र २१–१७ को सेटमा पन्छ्याउदै फाइनल यात्रा तय गरे । प्रतियोगितामा समावेश सम्पूर्ण ७ स्पर्धाको फाइनल बिहीबार हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?