+
+

महिला जनप्रतिनिधिको आग्रह : प्रमुख पदको उम्मेदवार महिलालाई बनाउनुहोस्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते ११:२७

१ वैशाख, विराटनगर । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरूले स्थानीय तहको निर्वाचनमा महिलालाई प्रमुखको उम्मेदवार बनाउन आग्रह गरेका छन् ।

विराटनगरमा आयोजित महिला नेतृत्व सम्मेलनमा सहभागी उपप्रमुख र महिला वडा सदस्यहरूले स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन आग्रह गरेका हुन् ।

सम्मेलनमा सहभागी महिला जनप्रतिनिधिहरूले प्रदेश १ का राजनीतिक दलका राजनीतिक दलका नेतृत्वलाई ज्ञापन पत्र पनि बुझाएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलहरूले उम्मेदवारको सिफारिस गरिरहेका छन् । महिला सदस्य र उपप्रमुखहरूले दलले आफ्ना उम्मेदवार छान्दा महिलालाई विशेष प्राथमिकता दिन आग्रह गरे ।

‘संघीयताको कार्यान्वयनसँगै स्थानीय तहमा महिला र दलित महिलाको प्रतिनिधित्व आशा लाग्दो छ’ महिला जनप्रतिनिधिहरूले भनेका छन्,’… लैंगिक विभेदको अन्त्यका लागि राजनीतिक दलले प्रमुख भूमिकामा महिलालाई उम्मेदवार बनाउन आवश्यक छ ।’

महिलालाई उपाध्यक्ष, उप-प्रमुख र सदस्यको भूमिकामा मात्रै सिमित गरे अन्याय हुने उनीहरूको भनाइ छ । पाँच वर्षे कार्यकालको अनुभवबाट प्राप्त सिकाइ कार्यान्वयनका लागि २०७४ सालमा वडा सदस्यमा निर्वाचित दलित र खुला महिला सदस्यलाई पुन: उम्मेदवार बनाउन पनि आग्रह गरे ।

पाँच वर्षमा अनुभव हासिल गरेको बताउँदै महिला जनप्रतिनिधिले विकास निर्माणको काम गर्नका लागि पुन: उम्मेदवार बनाउन नेकपा एमाले, नेपाली काङ्ग्रेस माओवादी केन्द्रलगायतका दलहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?