+
+

कांग्रेसले प्रवेश नदिएपछि सराबगी एमालेमा गए : गगन थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १२:२०

१ वैशाख ,काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वीरगञ्ज महानगरपालिकाका मेयर विजयी सराबगीले कांग्रेस प्रवेश नपाएर नेकपा एमालेमा प्रवेश गरेको दाबी गरेका छन् ।

कांग्रेसका शीर्ष नेताहरुलाई भेट गर्दा पनि पार्टीमा प्रवेश पाउने बाटो नदेखेपछि एमाले प्रवेश गरेको थापाले सुनाए । ‘विजय सराबगी भन्ने व्यक्ति जो एमालेमा प्रवेश गर्नुभयो । उहाँ मलाई पनि भेट्न आउनुभएको थियो’ थापाले नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा भने,‘कांग्रेसका सबै नेताहरुलाई उहाँले काठमाडौं आएर भेट्नुभयो । हामीले कांग्रेसमा ल्याउन सक्दैनौं भनिसकेपछि उहाँ एमालेमा जानुभयो ।’

पाँच वर्षका लागि निर्वाचित भएको व्यक्ति अर्को चुनाव आउने बेला फरक दलमा हाम फाल्ने प्रवृत्ति र संस्कार गलत भएको उनले बताए ।

सत्ता गठबन्धनको तालमेलको चर्को विरोध गर्ने एमाले अध्यक्ष केपी शर्मा ओली आफू भने जो भेटे उसैसँग तालमेल गर्न लागेको थापाले टिप्पणी गरे । ‘एमाले जसलाई भेट्छ । त्यो सँग तालमेलको हात बढाएको छ । कमल थापा र परिवार दललाई हिजो जोड्नुभयो’ थापाले भने,‘अरु कुन कुन दलहरु भेटिन्छन् भनेर यता उता चाहरिरहेको देख्न सक्छौं । एमाले जसलाई भेट्छ,उसैसँग तालमेल गर्छ ।’

स्थानीय तहको निर्वाचनमा स्थानीय विषयमा चर्चा, बहस र छलफल हुनुपर्नेमा राजनीतिक संस्कार गलत दिशामा गएको भन्दै उनले चिन्ता व्यक्त गरे । ‘हाम्रो ठाउँ कसरी बनाउने भन्नेमा विचारमा प्रतिस्पर्धा हुनुपर्ने हो । कता कता अमिलो अनुभव भइरहेको छ । स्थानीय मुद्धा भन्दा पनि बढी गठबन्धनको विषयले चर्चा पाएको छ’ थापाले भने, ‘हामी जुन तरिकाको तालमेलको संस्कृतितिर जाँदैछौं । यसले नेपालको राजनीतिक स्वास्थ्यलाई राम्रो गर्दैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?