+
+

विभाजित भएर चुनावमा जाने छुट छैन : शेखर कोइराला

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १३:५९

१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केन्द्रदेखि गाउँसम्म विभाजित भएर चुनावमा जाने छुट नभएको बताएका छन् ।

नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिँदै उनले नयाँ वर्षलाई स्वागत गर्दा कांग्रेसलाई तीनै तहको निर्वाचनमा विजयी बनाउने र नागरिकको मुहारमा खुशी ल्याउनेमा केन्द्रित हुनुपर्ने बताए ।

उनले विरोधीहरु बलिया र संगठित रहेको भन्दै कांग्रेस पनि विभाजित हुन नहुने बताए । ‘केन्द्रदेखि गाउँसम्म अब विभाजित भएर चुनावमा जाने छुट हामी कसैलाई छैन । हाम्रा विरोधीहरू बलिया छन् र संगठित पनि । तसर्थ हामी एक हौँ भन्ने सन्देश हाम्रो निर्वाचन वर्षको पहिलो नारा हुनुपर्छ’उनले भने ।

मतभेद र मनभेदका विषय पार्टीभित्रै छलफल, बहस र छिनोफानो गर्दै जानुपर्ने भन्दै उनले पार्टीभित्र भएका अन्यायपूर्ण निर्णय, काखा र पाखाको प्रवृत्तिविरुद्ध संघर्ष भने गरिरहने बताए ।
‘उम्मेदवार तय गर्दा निष्पक्षताको लागि हामी लड्ने छौं । तर प्रत्येक अनुकूल र प्रतिकुल परिस्थितिमा पनि हामी व्यक्तिगत महत्वकांक्षा र स्वार्थलाई त्यागी एक भएर विरोधीसँग लड्ने छौँ भनी प्रण गर्नु आजको आवश्यकता हो’ कोइरालाले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?