+
+

प्रिन्सलाई दोस्रो प्रधानमन्त्री कप ब्याडमिन्टनको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १६:५४

१ वैशाख, काठमाडौं। योनेक्स सनराइज दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्‍याङकिङ  ब्याडमिन्टन प्रतियोगितामा पुरुष सिङ्गल्सतर्फको उपाधि रिभाइभ क्लबका  प्रिन्स दाहालले जितेका छन् ।

त्रिभुवन आर्मीका खेलाडी प्रिन्सले फाइनलमा नविनलाई २१–१७, २१–१० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् ।

प्रिन्सले पहिलो सेटमा २१–१७ को जित निकाले । प्रतिस्पर्धात्मक पहिलो सेटमा एक समय नविनले कडा टक्कर दिँदै स्कोर १२-१२ सम्म बनाएका थिए । तर त्यसपछि भने प्रिन्सले लगातार अंक जोडे र पहिलो सेट आफ्नो पक्षमा पारे ।

दोस्रो सेटमा पनि नविनले सुरुवाती अग्रता लिएका थिए । ३ अंकसम्म अग्रता बचाइ राखेका नविनले त्यसपछि भने अग्रता जोगाउन सकेनन् । प्रिन्सले कम ब्याक गरे ।

प्रिन्सले यसअघि चैतमा सम्पन्न चौथो योनेक्स सनराइज जेष्ट राष्ट्रिय ब्याडमिन्टनप्रतियोगितामा पनि उपाधि जितेका थिए ।

उपाधि सँग्र प्रिन्सले १ लाख १५ हजार पुरस्कार पाएका छन् । उपविजेता बनेका नविनले ५५ हजार तथा सेमिफाइनल पुगेका दिपेश धामी र प्रफुल महर्जनले २०-२० हजार पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?