+
+

महिलाको छातीमा सिङ पलाएपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १६:२२

२ वैशाख, काठमाडौं । अहिले विज्ञानले निकै प्रगति गरिसकेको छ र चिकित्सा विज्ञानले धेरैजसो जटिल समस्याको समेत उपचार सम्भव बनाएको छ । तर कहिलेकाहीँ यस्ता स्वास्थ्य समस्याहरु देखा पर्दछन् जसका कारण स्वयं डाक्टरसमेत चकित पर्छन् ।

हालै एउटा यस्तै घटना भएको छ, जहाँ एक महिलाको छातीमा ५ सेन्टिमिटर लामो सिङ पलाएको छ ।

मलेसियामा एक ६३ वर्षकी महिलाको छातीमा ५ सेन्टिमिटरको सिङ फेला परेको छ । डाक्टरहरुले शल्यक्रिया गरेर उक्त सिङ निकाल्न सफल भएका छन् ।

समाचार अनुसार ती वृद्धालाई आफ्नो एउटा वक्षस्थलमा दुई वर्ष अगाडि नै केही पलाएजस्तो महसुस भएको रहेछ । तर उनले खासै ध्यान दिइनन् ।

विस्तारै त्यो चिज बढ्दै गयो र सिङ जस्तै गरी बढ्न थाल्यो । जब त्यो ५ सेन्टिमिटर लामो भयो र निरन्तर बढ्न थाल्यो तब ती महिला स्वास्थ्य जाँचका लागि डाक्टरकोमा पुगिन् । छातीमा पलाएको सिङको उपचार गर्न आएकी महिला देख्दा डाक्टरहरु पनि तीनछक्क परे ।

डाक्टरका अनुसार स्तनमा पलाएको त्यो चिज क्यान्सरको ट्युमर वा अन्य मासु होइन, विशेष खालको सिङ नै हो । जुन कपाल, छाला तथा नङमा पाइने एउटा प्रोटिन अर्थात् केराटिनबाट बनेको हुन्छ ।

डाक्टरहरुका अनुसार यसरी छातीमा सिङ पलाएको यो घटना निकै दुर्लभ हो । शल्यक्रिया गरेर सिङ निकालिएकी ती महिला स्वास्थ्यलाभ गरेर घर फर्किसकेकी छिन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?