+
+

यूनाइटेड सिमेन्ट्सद्वारा विभिन्न स्थानमा ठेकेदार तथा मिस्त्रीलाई प्रशिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १७:२१

यूनाइटेड सिमेन्ट्स प्रालिले काठमाडौँ तथा ललितपुरको विभिन्न स्थानमा ठेकदार तथा मिस्त्रीहरुलाई सिमेन्टकोबारेमा जानकारी तथा गुणस्तरीय निर्माणबारे प्रशिक्षण दिएको छ।

केही निर्माणकर्मीहरुले विगतका अनुभवको आधारमा मात्र निर्माणको काम गर्दै आएको, तर सही निर्माण कसरी गर्ने भन्नेबारेमा प्राविधिक ज्ञानको कमी देखिएकोले उनीहरुलाई गुणस्तरीय निर्माण गर्ने तरिकाको ज्ञान दिनु पर्ने आवश्यकता रहेको यूनाइटेड सिमेन्ट्सले जनाएको छ ।

हाल सम्म ४ स्थानमा सयौं निर्माणकर्मीलाई प्रशिक्षण दिइसकेको र यो कार्यक्रम निरन्तर चलिरहने र हजारौं निर्माणकर्मी लाई प्रशिक्षण दिने यस उद्योगको लक्ष्य छ।

सिमेन्ट के हो र कसरी बन्छ भन्ने प्राविधिक जानकारी को साथै राम्रो गुणस्तरको सिमेन्ट मसला बनाउने तरिका, डण्डी बाँध्ने सही तरिका, कंक्रिटका विभिन्न ग्रेडहरुको बारेमा जानकारी, कंक्रिटमा पानीको मात्रा र यसको असर आदि बिषयमा सो कार्यक्रममा प्रष्ट पारिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?