+
+
WC Series
Won पोखरा एभेन्जर्स 2025
201/2 (20)
VS
Pokhara Avengers won by 34 runs
कर्णाली याक्स 2025
167/10 (18.6)
Shares

२० हजार रुसी सेनाको मृत्यु भएको युक्रेनी राष्ट्रपतिको दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३ गते ८:३९

३ वैशाख, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धमा रुसी सेनाको ठूलो क्षती भएको बताएका छन् ।

जेलेन्स्कीले सीएनएनलाई दिएको जानकारीलाई मान्ने हो भने युद्धमा १९ हजारदेखि २० हजार रुसी सेनाको मृत्यु भएको छ । तर, मस्कोले भने १३५१ जना रुसी सेनाको मृत्यु भएको तथ्यांक राखेको छ ।

यस्तै युद्धमा २५०० देखि तीन हजार युक्रेनी सेनाको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।

उनले सीएनएनलाई दिएको जानकारी अनुसार १० हजार सेना घाइते भएका छन् । उनले सिएनएनसँग भनेका छन्, ‘करिब १०,००० घाइते भएका छन् र जीवित रहन्छन् भन्न गाह्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?