+
+

पाल्पामा बस दुर्घटना : २ जनाको मृत्यु, ४ जना सख्त घाइते

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३ गते ८:५३

३ वैशाख, बुटवल । पाल्पामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा-६, जुठापौवामा शुक्रबार साँझ ग१ख ४९०२ नम्बरको बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रैनादेवी छहरा-६, धारापानीका ४२ वर्षका बेदबहादुर जीसी र १० वर्षका अशोक रास्कोटी रहेका छन् । उनीहरूको  उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

बस सडकबाट चारसय मिटर तल खसेर भएको दुर्घटनामा परी सोही ठाउँका ७ वर्षका रोहित घर्ती, ८ वर्षका मिलन बगाले, ८ वर्षका रोमन घर्ती, ९ वर्षका खिमबहादुर घर्ती सख्त घाइते भएका छन् ।

घाइते चार जनाको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र  थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?