+
+

पुनर्स्थापनाको सम्भावना अन्त्य भएपछि राजतन्त्रको एजेन्डा छोडें : कमल थापा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३ गते १०:५०

३ वैशाख,बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनर्स्थापनाको सम्भावना अन्त्य भएकाले आफ्नो दलले राजतन्त्रको एजेन्डा छोडेको बताएका छन् ।

उनले अब आफ्नो दलको एजेन्डा हिन्दु राष्ट्र पुनःस्थापन, सम्बर्धनवाद र लोकतन्त्र भएको बताए । पार्टीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले राजतन्त्र र गणतन्त्रको विवाद सधैंका लागि अन्त्य भएको दाबी गरे ।

थापाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीले धेरै अपेक्षा नगरेको र खुट्टा टेक्ने ठाउँसम्म बनाउन खोजेको बताए । कांग्रेस नेतृत्वमा पाँच दलको गठबन्धन बनेको हुँदा एक्लै चुनाव लड्ने अवस्था नभएकोले एमालेसँग तालमेल गर्नुपरेको थापाले बताए ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपासँग आफ्नो दलको गुनासो र दुश्मनी नभएको बताएका थापाले त्यो पार्टीको अहिलेको तामझाम धनी बाउले कमाएको सम्पत्तिमा छोराछोरी रमाएको जस्तो मात्रै भएको टिप्पनी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?