+
+

सर्लाहीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ४ गते १८:१४

४ वैशाख, जनकपुरधाम। सर्लाहीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मलंगवा नगरपालिकामा साइकलको ठक्करले एक जना बृद्धको ज्यान गएको छ ।

वडा नम्बर १० स्थित जिविस चोकमा १४ बर्षीय बालकले चलाएको साइकलले ठक्कर दिँदा कविलासी नगरपालिका ५ बस्ने ६८ वर्षीय अच्छेलाल रायको मृत्यु भएको छ ।

बाटो क्रस गर्ने क्रममा साइकलको ठक्करले घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।
ठक्कर दिने साइकल र साईकल चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै, मलगंवा नगरपालिका १२ गम्हरियास्थित नवलपुर मलंगवा भित्रि सडक खण्डमा मिनी बसले दिएको ठक्करबाट साइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

बीआर०६ पीएफ १०७४ नम्बरको मिनी बसले दिएको ठक्करबाट कविलासी नगरपालिका-९ बस्ने ५८ वर्षीय शंकर रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्करले गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका प्रवक्ता एवं डीएसपी बुढाथोकीले जानकारी दिए ।

ठक्कर दिने बसलाई नियन्त्रणमा लिएको र फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?