+
+

आईपीएलमा चेन्नाइमाथि गुजरातको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते ७:१२

५ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरातटाइटान्सले चेन्नाइ सुपर किंसमाथि रोमाञ्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा मध्यक्रमका ब्याट्सम्यान डेविड मिलरको उत्कृष्ट ब्याटिङमा गुजरातले चेन्नईमाथि तीन विकेटको जित हात पारेको छ ।

पहिले ब्याटिङ गरेको चेन्नाइले गुजरातलाई १७० रनको लक्ष्य लिएको थियो । उक्त लक्ष्य गुजरातले १९.५ ओभरमा ७ विकेट गुमाएर भेटाएको हो ।

जितका लागि गुजरातका डेविड मिलरले एक्लै अविजित ९४ रनको योगदान गरे । खराब स्थितिमा पुगिसकेको गुजरातलाई अन्तिम ओभरमा १३ रन आवश्यक थियो । क्रिजमा रहेका मिलरले छक्का र चौथो प्रहार गरेपछि गुजरात जित नजिक पुग्यो । अन्तिम २ बलमा गुजरातलाई दुई रन नै आवश्यक थियो र मिलरले पाँचौ बलमै दुई रन लिएर जिताए ।

अन्तिम तीन ओभर बाँकी हुँदा गुजरात खराब स्थितमा थियो । १८ बलमा ४८ रन चाहिएको थियो । यो अवस्थामा कार्यवहाक कप्तान राशिद खानको तीन छक्का र एक चौका मद्दतमा गुजरातले २५ रन जोडेपछि खेल पक्षमा फर्कियो । राशिद २१ बलमा २ चौका र ३ छक्कासहित ४० रनमा आउट भएका थिए । गुजरातका अन्य ब्याट्सम्यान भने चलेनन् ।

चेन्नइका ड्वेन ब्राभोले चार ओभरमा एक मेडनसहित तीन, महेश थिक्सेनाले दुई, रवीन्द्र जडेजा र मुकेश चौधरीले समान एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको चेन्नइले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६९ रन बनाएको थियो । ऋतुराज गायकवाडले ७३,  अम्बाती रायुडूले ४६,  रविन्द्र जडेजाले २२, शिभव दुवेले १९, रोबिन उथप्पाले ३ र मोईन अलीले एक रनको योगदान गरे ।

गुजरातका अल्जारी जोशेफले दुई, मोहम्मद शामी र यश दयालले एक/एक विकेट लिए ।

आफ्नो छैटौं खेलमा रोमाञ्चक  जित निकालेको गुजरात १० अंकसहित तालिकाको शीर्षस्थानमा छ । ६ खेलमा गुजरातले  एक खेल मात्रै गुमाएको छ । चेन्नाइ भने ६ खेलमा पाँच हार व्यहोर्दै अंक दुई अंकका साथ तालिकाको ९औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?