+
+

एनएसएलको लागि नयाँ मिति प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १७:४१

५ वैशाख, काठमाडौं । फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को आयोजनाका लागि आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले अखिल नेपाल फुटबल संघ (एन्फा) सामु नयाँ मिति प्रस्ताव गरेको छ ।

यसअघि चैत अन्तिमबाट दोस्रो संस्करणको एनएसएल आयोजना गर्ने तयारी भए पनि ए डिभिजन क्लब र एनएसएल आयोजकबीच विवाद हुँदा तोकिएको समयमा हुन सकेन ।

एन्फाले पनि अन्तिम समयमा मात्र लिगका लागि मिति स्वीकृत गर्दा एनएसएल आयोजकले यही अवस्थामा लिग गर्न नसकिने भन्दै पछि हटेको थियो ।

एनएसईएमका सीईओ सुदिप शर्माले आगामी सेप्टेम्बर-अक्टोबरमा एनएसएल आयोजना गर्नका लागि एन्फा समक्ष प्रस्ताव गरेको बताए । आयोजकले आधिकारिक रुपमा भोलि एन्फालाई पत्र पठाउने पनि जानकारी दिए ।

यसअघि चैत २६ देखि लिग गर्ने गरी आयोजकले चैत पहिलो साता टाइसिट ड्र कार्यक्रम राखेको थियो । तर एन्फाले आयोजकलाई पत्र पठाउँदै तत्कालका लागि ड्र स्थगित गर्न निर्देशन दिएको थियो ।

त्यसअघि नै ए डिभिजन क्लबहरुले आफ्नो क्लबमा करारमा रहेकै बेला खेलाडीहरुको अक्सन गरेको भन्दै विरोध गरेपछि विवाद सुरु भएको थियो । विवादले ठूलो रुप लिँदा एन्फाले पनि समयमै यसबारे निर्णय गर्न सकेन र एनएसएल स्थगित भएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?