+
+

तेक्वान्दो खेलाडीको बिदाइ, नोर्बु सहायक प्रशिक्षकको भूमिकामा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १७:५८

५ वैशाख, काठमाडौं । दक्षिण कोरियामा ८ वैशाखदेखि १९ सम्म हुने वर्ल्ड पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । त्यसका लागि खेलाडी तथा प्रशिक्षक कोरिया प्रस्थान गरेका छन् ।

च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा गर्ने छन् ।

च्याम्पियनसिपमा सहभागी हुन लागेका कमल र पार्वती १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् ।

च्याम्पियनसिपमा स्वर्ण जितेमा एक लाख ५० हजार, रजत पदक जितेमा एक लाख र कांस्य पदक जितेमा ५० हजार नगद पुरस्कार प्रदान गरिने छ ।

त्यस्तै, यसै प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै नोर्बु लामा पनि दक्षिण कोरिया प्रस्थान गर्ने भएका छन् ।

नोर्बुले पुम्से विधामा सहायक प्रशिक्षकको भूमिका निर्वाह गर्ने भएका हुन् ।

नोर्बुले सन् २०२०, २०२१ र २०२२ मा एसियाली खुला, २०२२ मा विश्व तेक्वान्दो मुजु प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । उनले अनलाइन प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरि सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?