+
+

प्यूठानको माण्डबीमा सत्तारुढ दल र विप्लवबीच चुनावी तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १८:४१

५ वैशाख, प्यूठान । प्यूठानको माण्डबी गाउँपालिकामा सत्तारुढ गठबन्धनमा आबद्ध दल र विप्लव नेतृत्वको नेकपाले चुनावी तालमेल गर्ने निर्णय गरेका छन् ।

उनीहरुले भागबण्डा पनि टुंग्याएका छन् ।

गठबन्धनमा आबद्ध दलहरुको बैठकले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्‍वार उठाउने सहमति गरेको छ ।

सहमति अनुसार अध्यक्षमा माओवादीले नवराज अधिकारी रोसनलाई उम्मेद्‍वार बनाउने छ । उपाध्यक्षका उम्मेद्‍वार भने कांग्रेसले पछि तय गर्ने छ ।

यस्तै वडाध्यक्षहरुको भागबण्डा पनि टुंगिएको छ । जस अनुसार

विप्लवको दलले वडा नं.१ र ४ मा वडाध्यक्ष पाउने छ । यस्तै वडा नं.२ मा कांग्रेस, ३ मा माओवादी केन्द्र र ५ मा राष्ट्रिय जनमोर्चाले वडाध्यक्ष पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?