+
+

गाउँपालिका अध्यक्ष यादव जसपा छाडेर कांग्रेसमा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १३:२७

६ वैशाख, जनकपुरधाम । सप्तरीको महादेवा गाउँपालिकाका अध्यक्ष दीपक कुमार यादव जनता समाजवादी पार्टी (जसपा) छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मंगलबार कांग्रेसको राजविराजस्थित कार्यालयमा आएर उनी कांग्रेस प्रवेश गरेका हुन् ।

तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट गाउँपालिका अध्यक्षमा निर्वाचित यादव पछिल्लो समय जनता समाजवादी पार्टी (जसपा) मा आबद्ध थिए । उनी जसपाका प्रदेश समिति सदस्य थिए ।

यादवलाई कांग्रेस केन्द्रीय सदस्य दिनेश यादव, जिल्ला सभापति रामदेव साह लगायतले पार्टी प्रवेश गराए ।

कार्यक्रममा महादेवा गाउँपालिका ३ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव, वडा नम्बर ८ का वडाअध्यक्ष कौशल कुमार दास, राजविराज नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष सुदर्शन सिंह पनि कांग्रेसमा प्रवेश गरेको जिल्ला उपसभापति रामकुमार यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?