+
+

‘माग्ने बुढा’को निर्देशनमा ‘कमेडी हब’ प्रसारण हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १३:३०

काठमाडौं । माग्ने बुढा अर्थात् केदारप्रसाद घिमिरेको निर्देशनमा टेलिभिजन कमेडी शो ‘कमेडी हब’ निर्माण हुने भएको छ । वैशाख अन्तिमदेखि एपीवान टेलिभिजनबाट शो प्रसारण हुने जनाइएको छ ।

मंगलबार शोको आधिकारिक पोस्टर सार्वजनिक गर्दै यस विषयमा जानकारी दिइएको छ । शोमा माग्ने बुढासहित कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्त, कमेडियनहरु राजा राजेन्द्र, खड्गबहादुर पुनमगर (खबपु) र सुबोध गौतमले कमेडी कला प्रस्तुत गर्ने भएका छन् ।

शोमा कमेडीका ६ शैली प्योर, ह्युमर, रोमान्टिक, स्ट्यान्ड अप, सटायरिक र प्यारोडी प्रस्तुत गरिने पोस्टरमा उल्लेख छ । वैशाख अन्त्यदेखि प्रसारण लक्ष्य राखिएको शोका दुई भागको छायांकन सकिएको छ ।

६ महिनासम्म प्रसारण हुने योजनाअनुसार एसिपोड छायांकन सुरु भएको र तीन सिजनसम्म सञ्चालन गर्ने लक्ष्य छ । शोका कन्टेन्ट निर्देशन माग्ने बुढा र प्राविधिक निर्देशन चाहिं जनकदीप पराजुलीले गरिरहेका छन् ।

सधै उस्तै गेटअप, उस्तै हाउभाउ, उस्तै बोलीचालीमा प्रस्तुत हुने केदार घिमिरेले पृथक वा नौलो चरित्र भने निर्माण गर्न सकेका छैनन् । चाहे टेलिशृंखलामा होस्, चाहे स्टेजमा, चाहे फिल्ममा उनी त्यही बासी चरित्रमा देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?