+
+

लिङ्देनको प्रश्न – छोरी दिँदा अनेक कुरा खोज्ने, भोंट दिँदा केही नखोज्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १७:२०

६ वैशाख, सप्तरी । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भोट दिँदा संवेदनशील हुन र विचार पुर्‍याउन आग्रह गरेका छन् । गलत मान्छेलाई भोट दिँदा सबै जनताले दुःख पाउने बताउँदै उनले यसतर्फ ध्यान दिन मतदातालाई आग्रह गरेका छन् ।

सप्तरीको सप्तकोशी नगरपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै लिङदेनले छोरीको विवाह गर्न लागिएको युवकको बारेमा धेरै कुरा पत्ता लगाउने गरे पनि भोट दिने बेलामा उम्मेदवार बारे कुनै सोधी खोजी नगर्ने र ध्यान नदिई मतदान गर्ने भएका कारण सबै जनताले दुःख पाइरहेको बताए ।

‘छोरीको विवाहका लागि युवक छान्दा, युवक कस्ता छन्, जाँडरक्सी खान्छन् कि खाँदैनन्, उनको आम्दानीको श्रोत के हुन् ?, आमाबाबु कस्ता छन् ? सहितका कुरा अनेक मान्छे लगाएर बुझ्ने गरिन्छ’ उनले भने, ‘त्यत्ति बुझेर पनि छोरी कुनै लफङ्गाको हातमा परेमा ती छोरीले मात्र दुःख पाउँछन् । तर, एउटा खराब उम्मेदवारले जितेमा सबै जनताले दुःख पाउँछन् ।’

अध्यक्ष लिङ्देननले कांग्रेस, एमाले, माओवादीबाट देशको विकास हुनै नसक्ने बताए । अब पनि यी पार्टीलाई भोट दिएर हेरौंन भन्ने भावना राखियो भने साँढेको टाँगमुनी बाल्टी थापेको जस्तै हुने उनले टिप्पणी गरे । ‘साँढेको टाँगमुनी बाल्टिन थापेमा दूध आउँछ ?’, उनले भने, ‘सुम्सुम्याए पनि हुँदैन, दाना थपिदिएर पनि दूध आउँदैन् । त्यहीं भएर यी पार्टीबाट देश बन्छ भन्नै हुँदैन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?