+
+

एकीकृत समाजवादीको घोषणा पत्र : मदिरा सेवन गर्न अनुमति लिनुपर्ने

नेपाली जाँड तथा छ्याङको ब्रान्डिङ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १८:२७

६ वैशाख, काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफूले चुनाव जितेको पालिकाहरुमा मदिरा सेवन गर्नेहरूले अनुमतिपत्र लिनुपर्ने व्यवस्था गर्ने घोषणा गरेको छ ।

३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मंगलबार सार्वजनिक गरेको घोषणापत्रमा एकीकृत समाजवादीले मदिरा सेवदनमा कडाइ गर्ने उल्लेख गरेको हो ।

जथाभावी मदिरा सेवनले गर्दा मानिसहरूको सम्पत्ति सकिने, परिवारमा झैझगडा हुने, मदिरा पिएर विभिन्न विकृति र अपराधका काम गर्ने कुरालाई कडाइपूर्वक नियन्त्रण गर्न आवश्यक भएकाले यस्तो व्यवस्था गर्नुपर्ने निचोडमा पुगेको समावादीको घोषणा छ ।

मदिरा सेवन गर्न अनुमति लिनुपर्ने व्यवस्था गर्दा जथाभावी रूपमा मदिरा सेवनमा नियन्त्रण हुने र सामाजिक अनुशासन कायम गर्न पनि मद्दत पुग्ने एकीकृत समाजवादीको विश्वास छ ।

साथसाथै, नेपाली घरेलु पेय पदार्थको व्यवस्थित उत्पादन र ब्रान्डिङ गर्ने विषयलाई पनि घोषणापत्रमा समेटिएको छ ।

‘संसारका अरु देशले स्थानीय तथा रैथाने पेय पदार्थ उत्पादन गरी अन्तर्राष्ट्रिय बजारमा बिक्री–वितरण गरेका छन् । यसबाट हामीले सिक्न जरुरी छ’ घोषणापत्रमा भनिएको छ ।

नेपाली घरेलु मदिरा, विभिन्न खाद्यपदार्थबाट बनेका जाँड तथा छ्याङ नेपाल आउने विदेशी पर्यटकहरुले रुचीपूर्वक सेवन गरेको देखिएको भन्दै घोषणापत्रमा लेखिएको छ, ‘यस्ता माल–वस्तुको व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनु आवश्यक छ ।’

आफ्ना उत्पादनलाई धरासायी बनाउने र सोही काममा प्रयोग हुने विदेशी वस्तु आयात गरी देशको अर्थतन्त्रलाई परनिर्भर बनाउने प्रवृत्ति घातक रहेको एकीकृत समाजवादीको निष्कर्ष छ ।

संघ र प्रदेश सरकारहरुसँग आवश्यक तालमेल गरी नेपाली घरेलु मदिरा व्यवस्थित तरिकाले उत्पादन र ब्रान्डिङ गरी बजारीकरण गर्दा आयात प्रतिस्थापन हुनुका साथै रोजगारीको विकास र नेपाली माल राष्ट्रिय–अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने घोषणापत्रमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?