+
+

ललितपुरको मेयरमा विवेकशील साझाबाट उज्ज्वलकृष्ण उम्मेदवार बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १८:४०

६ वैशाख, ललितपुर। विवेकशील साझा पार्टीले ललितपुर महानगरपालिकामा उज्ज्वलकृष्ण श्रेष्ठलाई मेयरको उम्मेदवार बनाउने भएको छ ।

मंगलबार पाटन कृष्ण मन्दिरसँगै भीमसेन स्थानमा आयोजित एक कार्यक्रममा श्रेष्ठको उम्मेदवारी घोषणा गरिएको छ ।

पार्टीको बागमती प्रदेशका संयोजकसमेत रहेका श्रेष्ठले उम्मेदवारी घोषणापूर्व नवनिर्मित भीमसेनको मन्दिर दर्शन गरी भ्रष्टाचार नगर्ने र गर्न नदिने कसम खाएका छन् ।

ललितपुर महानगर र पाटनको ऐतिहासिक वैभवलाई कायम गर्दै विकास निर्माण गर्ने तथा शिक्षा स्वास्थ्य जस्ता आधारभूत सेवासुविधालाई निःशुल्क र गुणस्तरीय बनाउने आफ्ना एजेन्डा रहेको श्रेष्ठले योजना अघि सारे । श्रेष्ठले गर्न नसकिने ठूला सपना नदेखाउने र सक्ने काम इमान्दारीपूर्वक गर्ने बताए ।

कार्यक्रममा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले पाटनको सभ्यता र कलाको जगेर्ना हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?