+
+

‘फिल्म साउथ एसिया’ बिहीबारदेखि, आठ देशका ७१ फिल्म प्रदर्शन गरिने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १२:२८

काठमाडौं । दक्षिण एसियाली डकुमेन्ट्रीहरुको महोत्सव फिल्म साउथ एसिया–२०२२ बिहीबारदेखि ललितपुरमा सुरु हुने भएको छ । महोत्सवको १३ औं संस्करणमा आठ मुलुकका ७१ फिल्म प्रदर्शन हुने भएका छन् ।

आइतबारसम्म पाटनढोकास्थित यलमाया केन्द्रमा चल्ने फेस्टिभलको थिम यसपटक ‘सेलेब्रेटिङ द डकुमेन्ट्री’ राखिएको छ । कोरोना महामारीपछि पहिलोपटक भौतिक रुपमै यसपटकको महोत्सव आयोजना हुन लागेको हो ।

भारतीय गायिका, संगीतकार र गीतकार सोना मोहापत्रबारे बनेको ८५ मिनेट लामो वृत्तचित्र ‘सट अप सोना’को प्रदर्शनसँगै महोत्सव सुरु हुने भएको छ । उद्घाटनमा पनि गायिका सोना उपस्थित हुने भएकी छन् ।

‘सट अप सोना’ भारतीय समाजमा समान सहभागिता र अधिकार खोज्न संघर्ष गर्ने महिला कलाकारको कथा हो, जसलाई भारतीय समाज चुनौतीको रुपमा लिन्छ । फिल्मलाई दीप्ति गुप्ताले निर्देशन गरेकी हुन् ।

महोत्सवमा दक्षिण एसियाली मुलुकका सामाजिक, सांस्कृतिक आन्दोलनसहित मानवअधिकार, वातावरण र मानवीय मूल्यका आयामबारे प्यानल छलफल समेत आयोजना गरिनेछ । साथै, यसअघि विभिन्न फिल्म महोत्सवमा अवार्ड जितेका नेपाली वृत्तचित्र पनि प्रदर्शन गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?