
७ वैशाख, दाङ। दाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
घोराही तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका नं. १४ कपासीमा रा १ त ३३७० नं. को ट्याक्टर दुर्घटना हुँदा एकजना पुरुषको मृत्यु भएको हो ।
मृत्यु हुनेमा घोराही–१० उत्तर अम्राईका २२ वर्षीय सुदन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
बिग्रिएको रा १ त ३३७० नंम्बरको ट्याक्टरलाई रा १ त ४६११ नं.को ट्याक्टरले सर्राबाट मर्मतका लागि अटोभिलेज तर्फ ल्याउने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।
बुधबार विहान साढे १० बजे अटो ट्रक्टर मर्मतका लागि भिलेजतर्फ लैजाने क्रममा तार चुडिएर विग्रीएको ट्याक्टर खाडलमा खसेको थियो ।
ट्याकटर खडलमा खस्दा उक्त ट्याक्टरमा बसेका चौधरी गम्भीर घाइते भएका थिए । उनको राप्ती स्वस्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता रिजालले बताए ।
प्रतिक्रिया 4