
७ वैशाख, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाको मेयरमा एकीकृत समाजवादीबाट दुई जना दाबेदार देखा परेका छन् ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित सत्तारुढ गठबन्धनमा हेटौंडा उपमहानगरपालिकाको मेयर एकीकृत समाजवादीले पाउने सहमति भइसकेको छ । एकीकृत समाजवादीका नेताहरुका अनुसार मेयरको उम्मेदवारमा श्रीधर पोखरेल वा मीना लामाको सम्भावना बढी छ ।
‘आज बिहान पनि छलफल ग¥यौं । दुई जनाको दाबेदारीबारे निर्णय भइसकेको छैन’ मकवानपुर जिल्ला अध्यक्ष समेत रहेका पोखरेल भन्छन्, ‘पार्टीले जे निर्णय गर्छ त्यसमै लाग्ने भन्ने हामी दुबैको कुरा छ ।’ मेयर पदको आकांक्षी मीना हालको उपमेयर हुन् ।
हेटौंडाको राजनीति बुझ्नेहरु मेयर निर्वाचित हुन कांग्रेस मतदाताको विश्वास जित्ने र एमालेको भोट काट्न सक्नुपर्ने बताउँछन् । यसका लागि समन्वयकारी भूमिकामा पोखरेल उपयुक्त हुन सक्ने उनी पक्षका नेताहरु बताउँछन् ।
तर उपमेयर भएर गरेको कामका आधारमा लामाको जनसम्बन्ध राम्रो भएकाले पार्टीको भोट समेत बढाउन लामालाई नै मेयरको उम्मेदवार बनाउनुपर्ने उनी पक्षीय नेताहरुको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4