+
+

नयनराज पाण्डेको उपन्यास ‘उलार’को मञ्चन सुरु (फोटो फिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ वैशाख ७ गते १७:२७

काठमाडौं । लेखक नयनराज पाण्डेको चर्चित उपन्यास ‘उलार’को रंगमञ्चमा मञ्चन सुरु भएको छ । बुधबार काठमाडौंको टेकुस्थित कौशी थिएटरबाट नाटकको मञ्चन सुरु गरिएको हो ।

चे शंकरको परिकल्पना तथा निर्देशन रहेको नाटकमा सरिता गिरी, सबिर चरौटे, अरुण शर्मा, सञ्जय गुप्ता, शेखर चापागाईंलगायत कलाकारको मुख्य भूमिका छ । गार्डेन थिएटरले कथा घेरासँग नाटक मञ्चनमा सहकार्य गरेको छ ।

शंकरको निर्देशनमा यसअघि सेम टाइम नेक्स इयर, लुक ब्याक इन एंगर, तिर्खा, ऊ मरेकी छैन, कोही किन बरबाद होस्, मिस्टर फक्स एण्ड स्कुल ब्वायलगायत नाटक प्रस्तुत भइसकेका छन् ।

२५ वर्षअघि प्रकाशित ‘उलार’ नेपालगञ्जको परिवेशमा लेखिएको स्थानीय नागरिकको संघर्षको कथा हो । पाण्डेको महत्वपूर्ण कृतिका रुपमा रहेको यो उपन्यासले उठाएका मुद्दा अहिले पनि नेपाली समाजमा सान्दर्भिक देखिन्छन् ।

तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?