
७ वैशाख, सप्तरी । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सहभागिता गराउन हरवाचरवाले माग गरेका छन् ।
सप्तरी जिल्ला हरवाचरवा अधिकार मञ्चले बुधबार राजविराजमा एक कार्यक्रमको आयोजना गरी निर्वाचनमा आफूहरुको पनि सहभागिता गराउन माग गरेका हुन् ।
मञ्चका केन्द्रीय अध्यक्ष दर्शन मण्डलले आफूहरुलाई राज्य र राजनीतिक दलले पनि पछाडि पारेर राखेको भन्दै चुनावमा सहभागिता गराइदिन माग गरे ।
‘पटक–पटक ध्यानाकर्षण गराउँदा पनि राज्य र राजनीतिक दलले हामीलाई हेरेको छैन’ उनले भने, ‘चुनावमा उम्मेदबार बनाए आफूहरुको पनि राजनीतिक चेतना र शक्ति बढ्छ ।’
कर्यक्रममा एमालेका नेता अशोक यादव, लोसपाका नेता जयनारायण यादवसहितकाले आफ्ना दलका नेताहसँग यसबारेमा ध्यानाकर्षण गराउने बताए ।
कार्यक्रममा राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष हरेराम यादवले हरवाचरवाको माग सकारात्मक रहेको भन्दै यसतर्फ दलहरुले ध्यान दिनुपर्ने बताए ।
प्रतिक्रिया 4