+
+

माओवादीबाट निर्वाचित ठोरी-१ वडाध्यक्ष कुँवर जसपामा प्रवेश

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते २१:०३

७ वैशाख, काठमाडौं । पर्साको ठोरी गाउँपालिका-१ का वडाध्यक्ष रामप्रकाश कुँवर नेकपा माओवादी केन्द्र परित्याग गरी जनता समाज पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

जसपाले काठमाडौंमा बुधबार आयोजना गरेको ठोरी-काठमाडौं सम्पर्क मञ्च गठन कार्यक्रममा कुँवर जसपामा प्रवेश गरेका हुन् । वडाध्यक्ष कुँवरलाई जसपाका केन्द्रीय सदस्य अञ्जन शाक्यलगायतका नेताले पार्टी प्रवेश गराएका थिए ।

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष कुँवर ठोरी गाउँपालिकाको प्रवक्ताको समेत भूमिका निर्वाह गरेका जनप्रतिनिधि हुन् । ठोरीको विकासको सवालमा जसपाका नेताहरुको भिजन राम्रो रहेका कारण आफू जसपामा प्रवेश गरेको कुँवरले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?