+
+

आईपीएलमा पञ्जाबविरुद्ध दिल्लीको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते ६:३४

८ वैशाख, काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आफ्नो छैटौं खेलमा सहज जित निकालेको छ ।

मुम्बइमा बुधबार राति भएको खेलमा दिल्लीले पञ्जाब किंग्समाथि ९ विकेटको सहज जित हात पारेको हो । पञ्जाबले दिएको ११६ रनको सामान्य लक्ष्य दिल्लीले १०.३ ओभरमा एक विकेट मात्र गुमाएर भेटाएको हो ।

दिल्लीका लागि ओपनिङमा आएका पृथ्वी श र डेभिड वार्नरले आक्रामक पारी खेले । वार्नरले १० चौका र एक छक्काको मद्दतमा अविजित ६० रनको योगदान गरे भने पृथ्वी शले ७ चौका र एक छक्का प्रहार गर्दै ४१ रनमा आउट भए । र, पृथ्वी आउट भएपछि आएका सर्फराज खान अविजित १२ रन बनाएपछि दिल्लीले सजिलै लक्ष्य भेटाएको हो । पन्जाबका राहुल चाहरले एक विकेट लिएका थिए ।

यसअघि पहिले ब्याटिङ गरेको पञ्जाबले अलआउट हुँदै पूरै २० ओभर खेले पनि ११५ रन मात्रै जोडेको थियो । पञ्जाबका जितेश शर्माले ३२, मायांक अग्रवालले २४, शाहरुख खान र राहुल चाहरले १२/१२ रन जोडे । अन्य खेलाडीले दोहोरो अंक जोड्न नसक्दा पञ्जाब सामान्य योगफलमै समेटिएको हो ।

दिल्लीका ललित यादव, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले २/२ र मुस्ताफिजुर रहमानले एक विकेट लिए ।

यो जितसँगै ६ खेल खेलेको दिल्ली तीन खेलमा जित र तीन खेलमा पराजित हुँदै अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । ७ खेल खेलिसकेको पञ्जाब भने ४ हार र तीन जितसहित आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?