+
+
Shares

प्यूठानको झिमरुकमा भत्कियो गठबन्धन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १४:३५

८ वैशाख, प्यूठान । प्यूठानको झिमरुक गाउँपालिकामा सत्तारुढ गठबन्धन भत्किएको छ ।

राष्ट्रिय जनमोर्चाले यसअघि आफूले जितेको यो गाउँपालिकामा छाड्न नमानेपछि सत्तारुढ गठबन्धनमा आवद्ध दलले एक्ला–एक्लै चुनाव लड्ने निर्णय गरेका छन् ।

सत्तारुढ गठबन्धनमा आवद्ध दलको बैठकले गरेको निर्णयमा भनिएको छ, ‘तालमेलको विषयवस्तुमा छलफल गर्दा कुनै निष्कर्षमा पुग्न नसकेको हुँदा हामी गठबन्धनबीचका दलहरु मित्रवत् व्यवहार गरी निर्वाचनमा जाने निर्णय गरियो ।’

गत चुनावमा यो पालिकाको अध्यक्ष र उपाध्यक्षमा जनमोर्चा निर्वाचित हुँदा माओवादी दोस्रो, एमाले तेस्रो र कांग्रेस चौथो भएका थिए ।

नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहको गाउँ झिमरुकको नेतृत्व जनमोर्चालाई दिन कांग्रेस र माओवादी सहमत हुन सकेनन् ।

कांग्रेस र माओवादी एमालेसँग मिल्ने तर जनमोर्चालाई अध्यक्ष नदिने रणनीतिमा पुगेपछि सहमति हुन नसकेको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?