+
+

आर्थिक सुधारका लागि विशेष प्याकेज ल्याउन विश्व समुदायसँग राष्ट्रपति भण्डारीको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्ता विकासन्मोख देशहरूमा महामारी नियन्त्रण र त्यसले असर परेको आर्थिक क्षेत्रको सुधारका लागि सहयोग गर्न बोआओ फोरममा आवद्ध मुलुकहरूसँग आग्रह गरेकी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १४:३५

८ वैशाख, काठमाडौ् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालजस्ता विकासन्मोख देशहरूमा महामारी नियन्त्रण र त्यसले असर परेको आर्थिक क्षेत्रको सुधारका लागि सहयोग गर्न बोआओ फोरममा आवद्ध मुलुकहरूसँग आग्रह गरेकी छन् ।

चीनको हिनान प्रान्तमा जारी एसियाका लागि बोआओ फोरमको वार्षिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले महामारी नियन्त्रण र रोकथाम गर्न र आर्थिक सुधारका लागि प्रोत्साहन सहयोग गर्ने विश्वास व्यक्त गरेकी हुन् ।

भण्डारीले गुणस्तरीय शिक्षा, स्वास्थ्य र स्वास्थ्य पूर्वाधारको विकासमा लगानी गर्नुपर्ने धारणा राखेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उनले नेपालजस्ता विकासोन्मुख देशको आर्थिक सुधारका लागि विश्व समुदायलाई उदार प्याकेज ल्याउनसमेत विशेष आग्रह गरिन् ।

राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनका कारण परिरहेको असरमा पनि सबै मुलुकले पारस्परिक सहयोग र साझेदारीका गर्नुपर्ने धारणा व्यक्त गरिन् । जवलावयु परिवर्तनको विषय कुनै देश विशेषको मात्रै नभएकाले विश्वका सबै मुलुकले सचेत हुनुपर्ने आवश्यक्ता औंल्याइन् ।

जलवायु परिवर्तनका कारण हिमाली र टापु राष्ट्रको अर्थतन्त्रमा परेको नकारात्मक असरबारे प्रकाश पार्दै भण्डारीले त्यसबाट बच्न कार्बन उत्सर्जन घटाउने प्रतिबद्धतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

‘कोभिड–१९ र त्यसपछिको विश्व ः विश्वव्यापी विकास र साझा भविष्यका लागि सँगै काम गरौँ’ भन्ने नारासहित बुधबारदेखि सुरू सम्मेलन शुक्रबार सम्पन्न हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?