+
+

अर्थमन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नहुँदा अर्थतन्त्रमा चुनौती आयो : अर्थविद्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १६:०१
रामेश्वर खनाल/फाइल तस्वीर

८ वैशाख, काठमाडौं । अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समन्वय नहुँदा अर्थतन्त्रमा समस्या आएको अर्थविद्हरुले बताएका छन् । बिहीबार वुद्धिजीवी परिषद्ले आयोजना गरेको अर्थतन्त्रका चुनौती र समाधानको उपाय खोजी विषयक अन्तक्रियामा कार्यक्रममा बोल्दै अर्थविद्हरुले अर्थतन्त्र संकटतर्फ गइरहेको अवस्थामा अर्थतन्त्रलाई सन्तुलनमा राख्न अर्थ मन्त्रालय र राष्ट्र बैंकबीच समन्वय नभएको बताएका हुन् ।

कार्यक्रममा पूर्वअर्थसचिव रामेश्वर खनालले नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयले मिलेर काम गर्न नसकेकाले अर्थतन्त्रमा केही समस्या आएको उल्लेख गरे । उनले अर्थतन्त्र संकटमा हुँदा होस् वा अर्थतन्त्र सहज अवस्थामा हुँदा मौद्रिक निकाय र वित्तीय निकाय दुवैबीच अत्यन्त घनिष्ट सम्बन्ध हुनु पर्ने बताए ।

रामेश्वर खनाल/फाइल तस्वीर

पूर्वअर्थसचिव खनालले अर्थ मन्त्रालय र राष्ट्र बैंकले एक अर्कालाई दोष देखाएर अहिलेको समस्या समाधान हुन नसक्ने दाबी गरे । उनले अर्थतन्त्रमा चुनौतीहरु थपिदै गए पनि मुलुकको अर्थतन्त्र तत्कालै दुर्घटनामा पर्ने अवस्था नभएको बताए ।

श्रीलंकामा सरकारले वैदेशिक ऋणबाट लिएका आयोजनाहरु समयमा नै सम्पन्न गरेर त्यसबाट प्रतिफल आउने नसकेकाले अहिलेको अवस्था सिर्जना भएको उनको भनाइ थियो । वैदेशिक ऋणबाट बन्दै गरेका आयोजनाहरु सम्पन्न गर्ने अवधि लम्बिंदै गएको अवस्थामा भने श्रीलंकाको जस्तै अवस्थामा पुग्न सक्ने जोखिम भने रहेको उनको भनाइ थियो ।

दीपेन्द्रबहादुर क्षेत्री/फाइल तस्वीर

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले अर्थमन्त्री र गभर्नरबीचको विवादले बजेट निर्माण तथा मौद्रिक नीतिमा असर पर्ने सक्ने बताए । उनले वित्तीय नीतिका लागि अर्थ मन्त्रालय एकदमै आधिकारिक र मौद्रिक नीतिका लागि केन्द्रीय बैंक आधिकारीक भएकाले समन्वय जरुरी रहेको उल्लेख गरे ।

अर्थमन्त्री र गभर्नरले एकले अर्कोलाई मुद्दा हालाहाल गर्ने इगो भइरहयो भने मुलुकको अर्थतन्त्रका लागि प्रतिउत्पादक हुने उनको भनाइ छ । पूर्वगभर्नर क्षेत्रीले पछिल्लो ८ महिनामा विदेशी लगानी र राजस्व बढे पनि पूँजीगत खर्च गर्न नसक्दा बजारमा तरलता अभाव भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?