+
+

ओबामेयाङको गोलमा बार्सिलोना विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते ९:४७

९ वैशाख, काठमाडौं । स्पानिस ला लिगामा बार्सिलोनाले बिहीबार राति रियल सोसिडाडलाई १-० ले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा पिएरे एमरिक ओबामेयाङले पहिलो हाफमा गोल गरेका थिए । उनले खेलको ११औं मिनेटमा फेरान टोरेसको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए र अन्तिममा त्यही गोल तीन अंक जोड्न निर्णायक बन्यो ।

यस जितपछि बार्सिलोना एट्लेटिको मड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको छ ।

बार्सिलोनाको ३२ खेलबाट ६३ अंक छ । लेभान्टेलाई ३-२ ले हराएर ६३ अंक नै जोडेको सेभिया तेस्रो स्थानमा छ । रियल मड्रिड ३३ खेलबाट ७८ अंकसहित शीर्ष स्थानमा छ र उपाधि जित्न ४ अंक आवश्यक छ ।

अघिल्लो खेलमा क्याडिजसँग स्तब्ध भएको बार्सिलोनालाई यस जितले केही राहत मिलेको छ । क्लबका प्रशिक्षक जाभीले पनि यस जितलाई भविष्यसँग जोड्दै महत्वपूर्ण जित मानेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?