+
+

पार्टी निर्णयभन्दा बाहिर भेला नगर्न कांग्रेसका चितवन सभापतिको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १३:४९

९ वैशाख, चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले कांग्रेस केन्द्रीय कार्यालयको परिपत्र र जिल्ला कार्यसमितिको निर्णयभन्दा बाहिर गएर भेला, छलफल र गोष्ठि नगरिदिन नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् ।

शुक्रबार सूचना जारी गर्दै सभापति खनालले पार्टीको निर्णयभन्दा बाहिर जान नसक्ने परिस्थिति भएकाले पार्टीका सबै तह र तप्काका नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेको बताए । अनलाइनखबरसँग कुराकानी गर्दै पार्टी सभापति खनालले जिल्लाको निर्णय र कार्यकर्ताको भावनामा केही ठेस पुगेको भएपनि गठवन्धनभन्दा बाहिर जान सक्ने अवस्था नरहेको बताए ।

जिल्ला सभापति खनाललाई जिल्ला कार्यसमितिले गरेको निर्णयमा टेक्न दबाब बढेपछि उनले सूचना जारी गर्न लगाएका हुन् । ‘मलाई पनि प्रेसर छ, जिल्लाको निर्णय र बस्तुस्थितिका बारेमा मैले पार्टी केन्द्रलाई पनि भनेको छु’ सभापति खनालले अनलाइनखबरसँग भने, ‘गठवन्धनको यो प्रकृयालाई नकारात्मक प्रभाव पर्ने गरी केन्द्रीय परिपत्रभन्दा बाहिर नजान भनेको हुँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?