+
+

कांग्रेसको प्रदेश समन्वय विभागमा दश जना थपिए

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते १६:५०

९ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागका सदस्य थपेका छन् । केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली प्रमुख रहेको प्रदेश समन्वय विभागमा बुधबार १० जना सदस्य मनोनीत गरिएको छ ।

मनोनीत भएका सदस्यहरूमा कास्कीका कृष्णबहादुर के.सी. नवलपुरकी सुमीत्रा खनाल, चितवनका विजय भुसाल, नवलपरासीका राधेश्याम पाठक, सुनसरीका ब्रह्मप्रकाश रौनियार, धनुषाका मेघनाथ यादव, कैलालीका झनकराज तिमिल्सिना, कालिकोटका भीमबहादुर शाही, काभ्रेपलाञ्चोकका जीतबहादुर लामा र नवलपुरका सन्तोष कोइराला (परियार) छन् ।

कांग्रेसको विधान अनुसार विभागमा प्रमुख सहित बढीमा ५१ जना हुने व्यवस्था छ । पार्टीले हालका लागि विभागका सदस्यमा १० जना भन्दा बढी नहुने गरी मनोनित गर्ने व्यवस्था गरेको छ ।

कांग्रेसले ५६ विभागको प्रमुख तोकेको छ । विभाग प्रमुख तोकिए पनि कतिपयमा सदस्य भने थपिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?