+
+
Shares

कांग्रेस कार्यवाहक सभापति खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २५ गते १२:०१

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरेका छन् ।

कांग्रेस नेता–कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभक्त भएर विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन आयोजना गर्न खोजेका थिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको जानकारी मुख्यसचिव कृष्णप्रसाद पौडेलले मिडियामा दिएका थिए । तर मुख्य सचिव पौडेलले नै अर्को सूचना पठाएर सो पत्रकार सम्मेलन स्थगित गरिएको जनाएका छन् ।

इतर समूहका नेता डा. शेखर कोइरालाको उपस्थितिमा पत्रकार सम्मेलन हुने प्रचार गरिएको थियो । तर अहिले किन एक्कासी पत्रकार सम्मेलन स्थगित गरियो भन्ने खुलिसकेको छैन ।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?