+
+

पीएसजीलाई दशौैंपल्ट फ्रेन्च लिग जित्न १ अंक आवश्यक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १४:०३

९ वैशाख, काठमाडौं । पेरिस सेन्ट जर्मेइन् (पीएसजी)ले फ्रान्सको शीर्ष डिभिजन फुटबलमा पाँच खेल अगावै उपाधिको नजिक पुगेको छ । यसै साताको अन्त्यमा घरेलु मैदानमा लेन्सविरुद्ध कम्तिमा १ अंक लिन सके उसले १० पटक लिग उपाधि जित्ने कीर्तिमान बराबर गर्नेछ ।

पीएसजी सहज अवस्थामा पुगे पनि युरोपियन च्याम्पियन्स लिगमा छनोट हुने अर्को टिमका लागि भने धेरै क्लबहरुबीच प्रतिस्पर्धा छ ।

पीएसजीका लागि यो सिजन रियल मड्रिडसँग अविश्वसनीय पराजयपछि च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिनुले विर्सनलायक बनेको थियो । एक महिनाको अन्तरमा घरेलु उपाधिले माउरिसियो पोचेटिनो प्रशिक्षित टिमलाई केहि राहत दिनेछ ।

सिजन सुरु भएको दुई महिनामै शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको पीएसजीले अहिले सिजनमा पाँच खेल बाँकी रहँदा दोस्रो स्थानको मार्सेलीसँग १५ अंकको अग्रता बनाएको छ ।

केलियन एम्बाप्पेको गोलमा बुधबार एन्जर्सलाई उसकै मैदानमा ३–० ले हराएसँगै उनीहरुले उपाधि जित्ने निश्चितजस्तो भएको थियो । तर, सोही समयमा मार्सेलीले नान्टेसलाई ३–२ ले हराएपछि पीएसजी टिमलाई उपाधिको खुसियाली मनाउन एक साता कुर्नुपरेको हो ।

लिगको सातौं स्थानमा रहेको लेन्ससँग घरेलु मैदान पार्क डेस प्रिन्सेसमा एक अंक हासिल गर्नका लागि पीएसजीलाई धेरै कठिन हुनेछैन । यो सिजन डिसेम्बरमा निससँग गोलरहित बराबरीको नतिजालाई छोड्ने हो भने पीएसजीले घरेलु मैदानमा सबै खेल जितेको छ ।

‘क्लबको दशौं लिग उपाधि जितमा सहभागी हुन पाउनु मेरो लागि खुसीको एउटा ठूलो श्रोत हुनेछ,’ प्रशिक्षक पोचेटिनोले भनेका छन् ।

घरेलु उपाधिमा समर्थकको प्रतिक्रिया के आउनेछ भनेर चाहिँ हेर्न बाँकी छ । किनभने पीएसजीको समर्थन गर्नेमध्ये एउटा समूहले च्याम्पियन्स लिगको वहिर्गमन र क्लब व्यवस्थापनको विरोधमा पछिल्ला खेलहरुमा मौनरुपमा विरोध गरिरहेका छन् ।

गत वर्ष उपाधिका लागि लिलीसँग चुकेपछि पीएसजीले यो सिजन कहिल्यै पनि पछाडि फर्केर हेर्नु परेन । पीएसजीभन्दा पछि क्लबहरुबीच च्याम्पियन्स लिगमा छनोटका लागि भयंकर प्रतिस्पर्धा छ । दोस्रो स्थानको मार्सेली ६ अंकको अग्रतामा छ । रेन्नेस, स्टार्सवर्ग र मोनाको समान ५६ अंक छ । निसको दुई अंक पछाडि छ । र, लेन्स अझै एक अंक पछाडि छ ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?