
९ वैशाख, दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष बाबुराम चौधरीले राजीनामा दिएका छन् ।
३० वैशाखमा हुने स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिन भन्दै उनले शुक्रबार राजीनामा दिएका हुन् । उनले लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसी समक्ष लिखितरुपमा राजीनामा पत्र बुझाएको जानकारी दिए । राजीनामा दिएसँगै चौधरीलाई वडाध्यक्ष पदमा उम्मेदवारीका लागि बाटो खुलेको छ ।
आउँदै गरेको स्थानीय तह निर्वाचनमा बहालवाला जनप्रतिनिधिले राजीनामा दिए मात्र उम्मेदवार बन्न पाउने प्रावधान छ । अघिल्लो चुनावमा उनी नेकपा माओवादी केन्द्रबाट विजयी भएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4