+
+

धरान–४ का वडाध्यक्षले एमाले छोडे

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १७:१२

१० वैशाख, धरान । धरान उपमहानगरपालिका–४ का वडाध्यक्ष मानबहादुर राईले नेकपा एमाले परित्याग गरेका छन् । एमाले परित्याग लगत्तै राई नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

०७४ को चुनावमा राईसहित धरान उपमहानगरपालिकामा १४ वडाध्यक्ष जितेको थियो । राई फेरि पनि वडाध्यक्षका आकांक्षी थिए ।

एमाले परित्याग गरेका राई एकीकृत समाजवादीबाट गठबन्धनको उम्मेदवार बन्ने अनुमान गरिएको छ । सत्तारुढ गठबन्धनका तर्फबाट यो वडा एकीकृत समाजवादीलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?