+
+

चितवनका सहकारी पीडितले प्रजिअमार्फत प्रधानमन्त्रीलाई पठाए ज्ञापन पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख १४ गते १४:२४

१४ वैशाख, काठमाडौं । चितवनका सरकारी पीडितहरूले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र पठाएका छन् ।

शुक्रबार चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापामार्फत सहकारी पीडितहरूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका हुन् ।

पटक–पटक ज्ञापन पत्र बुझाउँदा पनि सम्बन्धित निकायले माग सम्बोधन नगरेको उनीहरूको भनाइ छ ।

जीबी राई सञ्चालक रहेको सहारा चितवन सहकारीका दुई शाखाका करिब ७ हजार बचतकर्ताले १८ महिनादेखि रकम फिर्ता पाउन सकेका छैनन् । चितवनमा मात्रै करिब ८५ करोड रुपैयाँ हिनामिना भएको पीडितहरूले ज्ञापन पत्रमा उल्लेख गरेका छन् ।

पीडितहरूले पूर्जी जारी भएको लामो समयसम्म पनि सहकारी सञ्चालकहरू किन पक्राउ नपरेको भन्दै प्रश्न गरेका छन् ।

उनीहरूले ठगी गरेका सहकारी सञ्चालकलाई तत्काल पक्राउ गरी कारबाही गर्न र बचत रकम फिर्ता गराउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?