+
+

विराटनगरमा जसपाबाट मेयरका आकांक्षीले पार्टी छाडे

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १८:४५

१० वैशाख, विराटनगर । स्थानीय तह निर्वाचनमा विराटनगरको मेयरका दाबेदार उमेश यादवले जनता समाजवादी पार्टी छाडेका छन् ।

विराटनगरको मेयरमा उम्मेदवारी दिने तयारीसहित एक महिनायता घरदैलो गरिरहेका यादवले टिकट नपाउने भएपछि पार्टी छाडेका हुन् ।

सत्तारुढ गठबन्धनबीच तालमेल हुँदा विराटनगरको मेयर नेपाली काङ्ग्रेस, र उपमेयर जसपाको भागमा परेको छ । मेयरको दाबेदार यादवले शनिबार पत्रकार सम्मेलन गर्दै पार्टी छाडेको घोषणा गरे । उनले आफू स्वतन्त्र बस्ने बताएका छन् । यादव स्वतन्त्र रुपमा मेयरको उम्मेदवार बन्ने तयारीमा छन् । तर उनले उम्मेदवार बन्ने नबन्ने विषयमा निर्णय भइनसकेको बताए ।

२०७४ सालको निर्वाचनमा मेयरको उम्मेदवार बनेका यादव विराटनगरमा गठबन्धन गर्न नहुने पक्षमा थिए । भागवण्डा गर्दा उपमेयर पाएपछि जसपाको नगर समितिले उमेश यादवसहित ८ जनाको नाम उपमेयरका लागि सिफारिस गरेको थियो । उपमेयरको उम्मेदवार सिफारिस सूचीमा अध्यक्ष यादवका छोरा अमरेन्द्र यादवको पनि नाम छ ।

नगर कमिटीले उपमेयरका लागि केन्द्रीय सदस्य भूराज राई, डा. रामविलास यादव, अमरेन्द्र यादव, उपाध्यक्ष मोहम्मद नसरुल, बिमला अर्याल, उमेश यादव, सदिना खातुन र कुन्ता राईको नाम केन्द्रमा पठाएको थियो ।

उपेन्द्रका छोरा अमरेन्द्र जसपाको विराटनगर महानगर समितिका अध्यक्ष हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?