+
+

तुलसीपुर उपमहानगरको मेयरमा कांग्रेसबाट गेहेन्द्र गिरी उम्मेदवार बन्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १० गते १९:५७

१० वैशाख, दाङ । तुलसीपुर उपमहानगरपालिकाको मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरी उम्मेदवार बन्ने भएका छन् ।

सत्ता गठबन्धनबाट तुलसीपुर उपमहानगरको मेयर पदको भाग कांग्रेसलाई परे अनुसार कांग्रेस लुम्बिनी प्रदेशले गिरीलाई उम्मेदवार बनाउने निर्णय गरेको तुलसीपुर नगरसभापति सुरेश हमालले बताए । यद्यपि कांग्रेसमा उपमहानगरपालिकाको मेयर र उपमेयर केन्द्रीय समितिले चयन गर्ने व्यवस्था छ ।

पूर्वसांसद समेत रहेका गिरी ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरमा पराजित भएका थिए ।

यसैगरी तुलसीपुरको उपमेयर सत्तागठबन्धनबाट नेकपा एकीकृत समाजवादीले पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जोगबहादुर रानालाई उपमेयर बनाउने निर्णय गरेको छ । सत्ता गठबन्धनका तर्फबाट तुलसीपुरमा मेयरमा गेहेन्द्र गिरी र उपमेयरमा जोगबहादुर राना चुनाव लड्ने भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?