 
																			११ वैशाख, धनगढी । स्वतन्त्र उम्मेदवार गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । आइतबार बिहान मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर हमालले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ता गर्दै हमालले ‘हाम्रो धनगढी हामी बनाउँछौं’ भन्ने अभियानका साथ आफूले मेयर पदमा उम्मेदवारी दिएको बताउँदै नगरबासीले जिताउनेमा विश्वस्त रहेको जनाए । ‘धनगढीबासीले यहाँको विकासका लागि जुुन चाहना राखेका छन् त्यसलाई पूरा गर्ने प्रतिनिधि पात्रका रुपमा म आएको छुु,’ हमालले भने, ‘हाम्रो धनगढी हामी बनाउँछौँ भन्ने अभियानमा सबै जोडिएर मलाई विजयी गराउनेछन् भन्नेमा विश्वस्त छु ।’
उनले चुनावी तालमेल गरेर सत्तारुढ गठबन्धन निर्वाचन लडिरहेपनि नगरबासीले भने गठबन्धनका उम्मेदवारलाई मत नहाल्ने दाबी गरे । ‘गठबन्धन राम्रो कामका लागि भएको भए हामी सबैले स्वागत गर्ने थियौं, तर बाँडीचुडी खाने उद्देश्यले गठबन्धन गरिएको नगरबासीलाई थाहा छ, त्यसैले भोट दिँदैनन्,’ उनले भने ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा समेत धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका हमाल कांग्रेसका नृपबहादुर वडसँग पराजित हुुँदै दोस्रो भएका थिए । अहिले पनि धनगढी उपमहानगरपालिकामा गठबन्धनकातर्फबाट पुनः वड नै उम्मेदवार बन्दैछन् ।
यस्तै हमालसँगै उनको समूहबाट धनगढी उपमहानगरपालिका–४ को वडाध्यक्षमा सिद्धराज पनेरु, ५ बाट पदमराज भट्ट, १४ बाट यमबहादुर लामिछाने मगर, १५ बाट कमलबहादुर ढाट र ९ बाट रमेशबहादुर विष्टले पनि स्वतन्त्र रुपमा वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4