+
+

मिस नेपालका लागि अडिसन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १२:५५

काठमाडौं । मिस नेपाल-२०२२ को देशव्यापी अडिसन सुरु भएको छ । पोखराको लेकसाइडमा आइतबार भएको अडिसनमा २५ जना युवतीले भाग लिए ।

‘निकै ट्यालेन्टेड प्रतिस्पर्धीहरु अडिसनमा आउनुभएको थियो । कतिपय सहभागी अन्तिम १० सम्मै जानसक्ने देखेका छौं,’ अडिसनमा निर्णायकमध्येकी एक शोभा केसीले अनलाइनखबरलाई भनिन् ।

अडिसनमा पूर्वमिस नेपाल मलिना जोशी र पूर्वमिस नेपाल इन्टरनेसनल मीरा कक्षपति निर्णायकको रुपमा थिए ।

बाँकी अडिसन वैशाख १३ गते वीरगञ्ज, २० गते नेपालगञ्ज र सुर्खेत, २३ गते धनगढी र २५ गते धरानमा हुने आयोजक संस्था द हिडन ट्रेजरले जनाएको छ ।

असार ४ गते ललितपुरको गोदावरीस्थित तीन हजार दर्शक अट्ने सनराइज कन्भेन्सन सेन्टरमा ग्रान्ड फिनाले हुने जनाइएको छ । यसपटक सुप्रान्यासनल विधालाई हटाएर मिस वल्र्ड, इन्टरनेसनल र अर्थ टाइटललाई निरन्तरता दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?