+
+

स्मार्टफोनमा गोली छेक्दा युक्रेनी सैनिकको ज्यान जोगियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १३:१०

केही वर्षअघिसम्म बजारमा नोकिया फोनको दबदबा थियो । नोकियाका मोबाइल फोन निकै बलियो हुन्थे र सानोतिनो ठक्करबाट टुटफुट हुँदैनथे । समयक्रमसँगै फिचर फोनको ठाउँ स्मार्टफोनले लिएको छ तर नोकिया फोनको जस्तो मजबुती भने लगभग समाप्त भैसकेको छ ।

फोन भौतिक रुपमा कमजोर हुने मात्र होइन कतिपय अवस्थामा त पड्किएर मानिसको ज्यान नै जाने गरेका घटना समेत भएका छन् ।

तर यही बीचमा एउटा स्मार्टफोनले भने बन्दुकको गोली नै छेकिदिएर एकजना सैनिकको ज्यान बचाइदिएको छ ।

रुस युक्रेनबीच जारी युद्धका क्रममा यो घटना भएको हो । स्मार्टफोनले गोली छेक्दा एक युक्रेनी सैनिक मृत्युबाट जोगिएका छन् ।

सोसल मिडियामा भाइरल बनिरहेको एक भिडियोमा एकजना युक्रेनी सैनिकले आफ्ना सहकर्मी सैनिकलाई आफ्नो गोली लागेको मोबाइल देखाइरहेका छन् । उक्त मोबाइलमा गोली अडि्कएको छ ।

रुसी सेनाले हानेको गोली उनले शरीरमा राखेको सोही मोबाइलमा लाग्यो । बन्दुकको गोली मोबाइललाई पूरै पार गरेर उनको शरीरसम्म आउन सकेन कारण उनी गोली दागिनबाट बचे ।

भिडियोमा गोलाबारीको आवाज सुनिन्छ । जसले उक्त भिडियो युद्ध मैदानकै हो भन्ने प्रष्ट हुन्छ ।
यद्यपि स्मार्टफोनले कुनै व्यक्तिको ज्यान बचाएको यो पहिलो घटना भने होइन । यसअघि नोकिया, ब्लाकबेरी, सामसुङ, एचटिसी तथा एप्पलको आइफोनलगायतका स्मार्टफोनले पनि मानिसलाई गोली लाग्नबाट बँचाएका घटना सार्वजनिक भएका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?