+
+

तालु र मलद्वारमा भेटियो आधा किलो सुन ! (भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १३:३७

सुन तस्करहरूले विदेशबाट सुन तस्करी गरेर भित्राउनका लागि अनेक उपाय अपनाउने गर्दछन् ।

तस्करहरूले निलेका सुनका चक्की पेटको शल्यक्रिया गरेर निकालिएको, मलद्वार तथा यौनांगमासमेत लुकाइएका घटना बेला-बेलामा सार्वजनिक हुने गरेका छन् ।

सुन तस्कर तथा भरियाहरूले पैसाका लागि जीवन नै जोखिममा पार्ने गर्दछन् । हालै भारतमा पनि यस्तै एउटा घटना भएको छ ।

भारतको नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा एकजना व्यक्ति आफ्नो मलद्वार तथा टाउकोको तालुमा आधा किलोभन्दा धेरै सुन लुकाएर ल्याएको अवस्थामा पक्राउ परेका छन् ।

ती व्यक्ति आबुधाबीबाट भारत आएका थिए । उनले तालु खौरिएर त्यसमा सुनको पाता राखेर त्यस बाहिर नक्कली कपाल टाँसेका थिए भने मलद्वारभित्र पनि सुन कोचेका थिए ।

उनले तालु र मलद्वारमा लुकाएको सुन कुल ६३०.४५ ग्राम थियो । त्यसको मूल्य भारतीय बजारमा साढे ३० लाख भारुभन्दा धेरै पर्दछ ।

ती व्यक्तिले तालुमा नक्कली कपालले छोपेर लुकाएको सुन बरामद गरिएको रोचक भिडियो सोसल मिडियामा भाइरल बनेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?