+
+

तिलोत्तमा–१ को अध्यक्षमा पाण्डेको स्वतन्त्र उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १५:२७

११ वैशाख, वुटवल । तिलोत्तमा नगरपालिका वडा नंं. १ को अध्यक्षमा खिमलाल पाण्डेले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

एमाले, माओवादी हुँदै विप्लवको पार्टीमा क्रियाशील रहेका पाण्डेले दलीय दासत्व प्रणाली तोड्ने भन्दै स्थानीय तह सदस्य निर्वाचनको कार्यालय तिलोत्तमामा उम्मेदवारी दर्ता गरेका हुन् ।

वडा अध्यक्षमा उनको पहिलो उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले जानकारी दिए ।

२०५४ सालको स्थानीय चुनावमा नेकपा एमालेबाट वडा सदस्यमा सबैभन्दा धेरै मत ल्याएर विजयी भएका पाण्डे शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्षसमेत हुन् ।

पाण्डेले वडालाई भ्रष्टाचारमुक्त बनाउने, वडाबाट दिइने सेवा छिटो र पारदर्शी बनाउने,सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने, वडा भित्र रहेको सामुदायिक विद्यालय र स्वास्थ्य चौकीको स्तरोन्नति गर्ने, प्राविधिक र व्यावसायिक शिक्षा, कृषिको आधुनिकीकरण र व्यावसायिकरणमा जोड दिने,सुकुम्बासी समस्या समाधान गर्ने लगायतका प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?