 
																			११ वैशाख, वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिकाको अध्यक्षमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गद्दीको स्वकीय सचिवले उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टीको तर्फबाट स्वकीय सचिव दिपकप्रसाद यादवले उम्मेदवारी दिएका हुन् । उनी जनता समाजवादी पार्टीको मधेस प्रदेश समिति सदस्य पनि हुन् ।
पटेर्वासुगौलीस्थित निर्वाचन अधिकृतको कार्यालयमा आइतबार उपाध्यक्षमा स्वतन्त्र तर्फबाट एक जना उपाध्यक्षको उम्मेदवारी पनि परेको छ । मिनादेवी थरुनीले उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् ।
वडा नं १ मा जसपाको तर्फबाट बसरुदिन मियाँ अन्सारी, वडा नं ५ को वडा अध्यक्षमा जसपाकै तर्फबाट भिखारी देवान र वडा नं २ मा द्वारिकाप्रसाद उपाध्यायले स्वतन्त्र उम्मदेवारी दिएको निर्वाचन अधिकृत गौतम भण्डारीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4